विद्यार्थीको अभिलेखिकरण गर्न प्याब्सनको आग्रह

३१ भाद्र २०७७, बुधबार २३:०६

काठमाडौं, भदौ ३१ । निजि विद्यालयको छाता संगठन प्याब्सनले विद्यालयमा आबद्ध विद्यार्थीको अभिलेख अभिभावकसँग अपिल गरेको छ ।

बुधबार प्याबसनले विज्ञप्ती जारी गर्दै संभव भए पुरानै नत्र नजिकको विद्यालयमा गएर अभिलेखिकरण गर्न अनुरोध गरेको हो ।

महामारी पछि अहिले विद्यालयले भर्चुअल, अनलाइन, दूरशिक्षा लगायतका वैकल्पिक शिक्षण सिकाइलाई प्रयोग गर्दै आएका छन् । बालबालिकाहरूको सिकाइलाई निरन्तरता दिइरहेको जनाउने प्याब्सनले नेपाल सरकारले गरेको वर्गीकरण शिक्षण सिकाइको पहँुचको आधारमा क्रियाकलापमा भाग लिन अनुरोध गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ अनुसार विद्यार्थीहरुको भर्ना गर्ने, अभिलेखीकरण गर्ने, विद्यार्थीहरूको तथ्याङ्क विवरण तयार गरी स्थानीय पालिका मार्फत नेपाल सरकारलाई बुझाउने अनुरोध गरेको छ ।

यस अघि नै जारी भएको निर्देशिकामा भर्चुअल कक्षा, अनलाइन, टेलिभिजन, रेडियो, एफएम रेडियो आदिबाट प्रदान गर्दै आएका कक्षालाई शैक्षिकसत्रमा समावेश गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.