काठमाडौं, भदौ ३१ । शिक्षा मन्त्रालयले चैत मसान्तमा नै शैक्षिक सत्र सम्पन्न गर्ने गरी संश्लेषण सहितको पाठ्यक्रम सार्वजनीक गरेको छ ।

कोरोना महामारीका कारण पठन पाठन ठप्प भएपछि मन्त्रालयले वैकल्पिक शिकाइ प्रणालीलाई मान्यता दिँदै आगामी सात महिना शैक्षिक सत्र पुरा गर्ने गरी पाठ्यक्रम तयार पारेको हो ।

अनलानईन, रेडिय तथा टेलिभिजनबाट कक्षा सञ्चालन गरेपनि प्रभावकारी नभएपछि मन्त्रालयले विद्यार्थीलाई निशुल्क इन्टरनेट उपलब्ध गराउने तयारी सुरु गरेको छ ।

यस्तै पठन पाठन सहज गराउन पाठ्यक्रमलाई दुई भागमा विभाजन गरेको छ । जसमा विद्यार्थी आफैले पढेर बुझ्न सक्ने नबुझेको शिक्षकलाई सोध्न सक्ने र घरमा पढेर अभिभावकको सहयोग लिने सक्ने गरी पाठ्यक्रम तयार पारिएको छ ।

चैत्र ६ गते परिक्षा सकेर घरमा नै रहेका करिव ४० लाख विद्यार्थीको शैक्षिक सत्र नै गुम्ने हो कि भन्ने डर भइरहेका वेला मन्त्रालयले पाठ्यक्रम संश्लेषण गरेसँगै यो चिन्ता भने हटेको छ ।

तर दुर दराज सम्म इन्टरनेट नपुगेको तथा अभिभावकले समय दिन नसक्ने वालवालिकाका लागि भने पठन पाठनमा अझै चुनौति थपेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.