देशभर हल्कादेखि मध्यम वर्षा, गण्डकी र प्रदेश ५ का केही ठाउँमा धेरै पानी पर्ने


काठमाडौं, भदाै ३१ । देशभरको मौसममा सामान्य बदली रही अहिले प्रदेश १, बागमती,  गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

प्रदेश १ र गण्डकीका एक/दुई स्थानमा भने भारी वर्षा भएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको अनुमान गरिएको छ। 

आगामी २४ घण्टा प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope