अमेरिकामा कोरोनाका १० जना बिरामीमध्ये एक जना उपचारका लागि दोस्रोपटक अस्पताल भर्ना

१ आश्विन २०७७, बिहीबार ०८:५१

एजेन्सी, असाेज १ । अमेरिकामा १० जना कोनाका बिरामीमध्ये एक जनालाई दोस्रोपटक अस्पताल भर्ना गर्नुपरेको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।

एकपटक उपचार गरी अस्पतालबाट डिस्चार्ज गरेपछि दोस्रो पटक भर्ना गर्नु परेको जर्नल एकेडेमिक इमरजेन्सी मेडिसिनले उल्लेख गरेको हो । अध्ययन प्रतिवेदनका अनुसार अस्पतालमा उपचारपछि डिस्चार्ज भएका १० जनामध्ये एक जना कोरोनाका बिरामीलाई एक हप्ताभित्रै दोस्रो पटक भर्ना गर्नुपरेको पाइएको छ ।

अस्पतालबाट डिस्चार्ज भएर दोस्रो पटक भर्ना गर्नुपरेका बिरामीमा अक्सिजनको कमीका साथै खोकीको लक्षण पाइएको थियो । तीन महिनाको अवधिमा अस्पताल भर्ना भएका १४ सय मानिसमा गरिएको अनुसन्धानले देखाएको अध्ययन प्रतिवेदनको दाबी छ ।

अनुसन्धानकर्ता आस्टिनफिलारुले यो रिपोर्टबाट डाक्टरलाई कोरोनाको बिरामीबारे थप बुझ्ने मौका मिलेको प्रतिक्रिया दिनुभएको छ । अध्ययनका अनुसार डिस्चार्ज गरेपछि कुल सङक्रमितमध्ये ४ दशमलव ७ प्रतिशतलाई दोस्रो पटक भर्ना गर्नुपरेको र ३ दशमलव ९ प्रतिशतलाई एक हप्ताभित्रै भर्ना गर्नुपरेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकामा कोरोनाभाइरस सङक्रमितको संख्या ६८ लाख नाघेको छ । सङक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख भन्दा धेरै छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.