काठमाडाैं, असाेज १ । काठमाडौं उपत्यकामा ६ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ५ सय ७ जना संक्रमित थपिएका छन् । ललितपुर ६१ र भक्तपुरमा ५० जना कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।

आज देशभर १० हजार ६ सय ४१ जनाको परीक्षण गर्दा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज देशभरबाट १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन् ।

आजसम्म ८ लाख ८२ हजार ९ सय ५१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५९ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ४२ हजार २ सय ४३ संक्रमित निको भएका छन् भने १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.