काठमाडाैं, असाेज १ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५९ हजार नाघेको छ । आजसम्म ५९ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १६ हजार २ सय ४१ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना छन् भने ७ हजार ७ सय १ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको मन्त्रालयको तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख ८२ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com