पोखरा, असोज १ । नवलपरासीका १३ सहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा १० जना र चितवन मेडिकल कलेजमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका ४, गोरखाको अजिरकोट र बारपाक सुलिकोटका १÷१ र बाग्लुङको तमानखोलाका १ र बाग्लुङका ३ जनामा कोरोना देखिएको हो ।

यस्तै, वलपरासीको गैडाकोटका ६, मध्यविन्दुका २ र कावासोतीका १ जनामा कोभिड १९ पोजेटिभ पाइएका हो ।

संक्रमितमध्ये बाग्लुङका ३ र पोखराका एक पुरुष भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.