काठमाडौं, असाेज १ । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ।
हाल देशभर सामान्य बदली रही सातै प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज विहान ५ बजे मापन भए अनुसार पछिल्लो ३ घन्टा बाँके, बर्दिया र कैलालीका भारतीय सीमा आसपास मध्ययम (ठुलो बर्षा) भएको र आसपासका स–साना नदीहरुमा बहाव केही बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।
त्यसैगरी आज विहान ४ बजे मापन गरिए अनुसार पछिल्लो ३ घण्टा कास्कीको पोखरा लगायत कास्की, स्याङजा, तनहुँ र लमजुङको सीमा आसपास ठुलो बर्षा भएको र थप बर्षा हुने रहेको छ ।
त्यस क्षेत्र आसपास भई बहने केही स–साना नदीहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ रसुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज रातीको मौसम देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com