एजेन्सी, असोज १ । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको फ्रेन्ड्ली खेलमा जिरोनामाथि ३–१ को सहज जित निकालेको छ ।

बार्सिलोनालाई जित दिलाउनका लागि कप्तान लियोनल मेसीले दुई तथा फिलिप कोउटिन्होले एक गोल थपे ।

सुरुआतबाट नै बलमा पकड राखेको बार्सिलोनाले जिरोनाविरुद्ध पटक पटक गोलका दबाब दिएको थियो ।

२१ औं मिनेटमा कोउटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक कालोसले रोक्न नसक्दा बार्सिलोना २–० को अग्रता पाएको थियो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै जिरोनाका सामु साइजले गोल गर्दै खेलमा फर्कने संकेत दिए ।

तर कप्तान मेस्सीले ५१ औं मिनेटमा नै व्यत्तिगत दोस्रो गोल थप्दै अग्रता फराकिलो पारे ।

पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै बलले गोलपोस्टको दिशा लिएको थियो ।

प्रशिक्षक रोनाल्ड कोम्यानले ६० औं मिनेटमा ९ खेलाडी परिवर्तन गर्दै युवा टोलीलाई मैदान उतारे ।

पछिल्लो टोलीले गोल निकाल्न नसकेपनि प्रदर्शनको तुलनामा भने सुधार ल्यायो ।

आक्रमणमा थप गति र शक्ति देखिएको युवा टोलीले लगातार अवसर भने सिर्जना गरेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.