काठमाडाैं, असाेज १ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारको सिफारिसमा उहाँले गौतमलाई नियुक्त गर्नुभएको जानकारी दिनुभयो ।

अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा वामदेव गौतम, दाखाक्वाडी-१, प्यूठानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ ।”

राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभाका तीन सदस्यको कोटा मध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो । 

सो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै नेकपाको सचिवालय बैठकले गरेको थियो । बुधबार मात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.