राष्ट्रिय सभा सदस्यको शपथ लिएसँगै बामदेव बने माननीय


काठमाडौं, असाेज १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन्।

बर्दिया १ बाट प्रतिनिधिसभा चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतम ‘माननीय’ भएका छन्। गौतमले  बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको सपथ लिएका हुन ।  यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज उनलाई राष्ट्रिय सभामा नियुक्त गरेकी थिइन्।

दिगाे विकास समितिकाे सिंहदरबारस्थित हलमा दिउँसो ४ बजे गौतमले शपथ लिएका हुन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope