जुम्लामा अनसन बसेका डा.गाेविन्द केसीकाे स्वास्थ अवस्था जटिल बन्दै


जुम्ला, असाेज १ । चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा १९ औं पटक अनसन बसेका डा.गोविन्द केसीकाे स्वास्थ अवस्था बिग्रिँदै गएकाे छ । डा. केसीले चिकित्सकबाट आफ्नो स्वास्थ्य चेकजाँच समेत गराउन मानेका छैनन् ।


सत्याग्रहको तेस्रो दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टर प्रविन गिरीको टोलीले स्वास्थ्य चेकजाँच गर्न खोज्दा डा. केसीले जाँच गर्न नदिएका हुन् ।

डाक्टर गिरी भने, “हाल स्वास्थ्यमा कुनै जटिल समस्या छैन। अवस्था स्टेबल नै छ । तर पनि सुगरका विरामी भएकाले नियमित चेकजाँचको खाँचो पर्छ।”

डा. केसीको मुटुको धड्कन भने बढ्दै गएको डाक्टर गिरीले उल्लेख गरे । उनका अनुसार पूर्ण रुपमा स्वास्थ्य जाँच गराउन नदिए पनि ढिलैसम्म बसेर गरिएको थोरै जाँचमा धड्कन बढ्दै गएको पाइएको हो ।

मुटुको धड्कन, रक्तचाप निरन्तर बढ्दै गएको अवस्थामा सुगरको औषधी सेवा गर्नुपर्ने हुन्छ । तर डा. केसीले चिनीको मात्रा समेत जाँच गर्न नदिएको प्रतिष्ठानका डा. गिरीले जानकारी दिए ।

शरीरमा पानीको मात्रा कम हुँदै जाँदा रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने समस्या हुन्छ । त्यसका लागि अनिवार्य सलाईन पानी दिनुपर्छ । तर अनसनरत डा. केसीले सलाइन पानी समेत लिन नमानेको उपचारमा खटिएका डा. गिरीको भनाइ छ ।

भदौ २९ गतेदेखि चन्दननाथ नगरपालिकाको रानीचौर स्थित बाबिरा मन्दिरको धर्मशालामा सत्याग्रह बसेका केसीले बरु सासै गएपनि आफ्ना माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन् ।

डाक्टर केसीका जायज मागप्रति पार्टीको पूर्ण समर्थन रहेको नेपाली कांग्रेसका जिल्ला सभापति दिप बहादुर शाहिले बताए । सरकार निरिह भएर केसीका मागलाई बेवास्ता आरोप उनले लगाए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope