ललितको शल्यक्रिया आज हुँदै, उपचार गर्न ट्रक धनिले दिए २ लाख
काठमाडौं, असोज १ । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीको आज ग्रान्ड अस्पतालमा शल्यक्रिया हुने भएको छ ।
गत आइतबार साँझ धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीलाई ठक्कर दिएपछि उनलाई सोमबार काठमाडौँको ग्रान्डी अस्पताल ल्याइएको थियो ।
दुर्घटनामा उनको दायाँ हातमा १ भन्दा बढी तथा दायाँ खुट्टामा समेत फ्र्याक्चर भएको थियो । यस्तै कलेजोमा पनि समस्या देखिएको छ ।
आईसीयुमा ३ दिन निगरानी पछि आज बिहिबार शल्यक्रिया हुन लागेको अस्पताल स्रोतले जानकारी दिएको हो ।
ठक्कर दिने ट्रक धनिले दिए २ लाख
ललित भण्डारीको मोटरसाइकललाई ठक्कर दिने ट्रक धनि तेजसिंह भाटले तत्काल उपचारको लागि २ लाख रुपैयाँ उपलब्ध गराएका छन् । कंचनपुर क्रिकेट संघका अध्यक्ष विरेन्द्र चन्दलाई उनले उक्त रकम बुझाएका छन । उपचारको लागि ५ लाख रकम माग गरिएको भएता पनि बाँकी रकम भने छलफल पछि दिने भाटले बताएका छन । भण्डारी बायाँ हाते फास्ट बलर हुन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस