अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकासँग माग

२ आश्विन २०७७, शुक्रबार १४:४५

काठमाण्डौ, असाेज २ । नेपाल चिकित्सक सङ्घले प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । 

शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै सङ्घले गएको सोमबारदेखि जुम्लामा १९ औँ सत्याग्रह थाल्नुभएका केसीको जीवन रक्षा गर्न माग गरेको हो । 

चिकित्सा शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका अभियन्ता डा. केसीले गएको पाँच दिनदेखि सत्याग्रहमा बस्नुभएको सम्बन्धमा सरकारको ध्यान नगएको भन्दै सङ्घले आपत्ति पनि जनाएको छ । 

६० वर्ष पूरा भइसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दा पनि सरकारको तर्फबाट सम्झौताको कार्यान्वयन नहुँदा सत्याग्रहमा बस्नुपरेको चिकित्सक सङ्घले बताएको छ । 

‘सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक सङ्घ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.