काठमाडाैं, असाेज २ । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अबको एक साताभित्र मन्त्रीमण्डल पुर्नगठन हुने बताएका छन् ।
प्रेस संगठन रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यमूल्यांकनका आधारमा मन्त्रीमण्डल पुर्नगठन गर्ने बताए ।
उनले पाटीभित्रको सन्तुलनसमेत मिलाउँदै र सरकारको कामलाई प्रभावकारी गराउने गरी मन्त्रीमण्डल पुर्नगठन हुने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेशको मन्त्रीमण्डल समेत पुर्नगठन हुने बताए । उनले मुख्यमन्त्री फेरबदल नगरी प्रदेशको मन्त्रीमण्डल पुर्नगठन गरिने बताए ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको पुर्ननियुक्ती कानुनअनुसार गर्न नमिल्ने बताए । घिसिङको कामप्रति सरकार सन्तुष्ट रहेको तर पुर्ननियुक्त गर्न कानुनले नदिने बताए ।
कुलमानको नियुक्तिमा ऊर्जामन्त्री बर्षमान पुन र प्रधानमन्त्रीबीच असन्तुष्टि बढेको भनेर आएका समाचारमा कुनै सत्यता नरहेकोसमेत उनले स्पष्ट पारे ।
परराष्ट्रमन्त्री ज्ञवालीले कालापानी/लिपुलेक र लिम्पियाधुराको नेपाली भूभाग भारतसँगको कुटनैतिक पहलमा फिर्ता गर्ने कार्यको प्रारम्भ भएको बताए ।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उच्चस्तरमा यस विषायमा छलफल सुरु भएको उनले बताए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com