थिएगाेलाई लिभरपुलले ४ बर्षकाे सम्झाैता गर्ने, ६ नम्वर जर्सी दिने

२ आश्विन २०७७, शुक्रबार ०५:३८

एजेन्सी, असाेज २ । थिएगो अलकान्त्रालाई भित्र्याउने लगभग पक्का भइसकेको लिभरपुलले २५ मिलियन पाउण्ड बार्यनलाई दिने भएको छ ।

स्पेनीस खेलाडी थिएगो गत जुलाईबाट नै प्रिमियर लिग आउने चर्चा थियो । जसका कारण उनले बार्यनसँग नयाँ सम्झौता गरेनन् ।

दुबै क्लवका स्पोर्टिङ डाइरेक्टरविच भएको छलफलमा थिएगोले लिभरपुलसँग चार बर्षको सम्झौता गर्ने र त्यसमा लिभरपुलले २० मिलियन तिर्ने भएको छ ।

त्यसमा पाँच लाख बोनस दिने भएको छ । थिएगोले लिभरपुलमा मेडिकल टेष्ट कहिले गर्ने भन्ने एकिन छैन । हाल उनी म्युनिचमा रहेका छन । २९ बर्षे थिएगोले लिभरपुलमा ६ नम्वरको जर्सीमा देखिने भएका छन ।

लिभरपुलले स्न २०२४ भन्दा अगाडी यदि प्रिमियर लिगको उपाधि जितेमा बार्यनलाई थप पाँच मिलियन पाउण्ड बोनस दिने भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.