भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघ्यो, महामारी समुदाय स्तरमा छिर्याे

२ आश्विन २०७७, शुक्रबार ०९:५१

एजेन्सी, असाेज २ । भारतमा कोरानो भाइरस (कोभिड-१९) संक्रमितको संख्या ५१ लाख नाघेको छ । भारतीय सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार यहाँका संक्रमितको संख्या ५१ लाख १८ हजार २५४ जना पुगेको हो ।

भारतीय सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ८ सय ९४ जना थप संक्रमित थपिएका पनि बताइएको छ । सोही अवधिमा एक हजार १ सय ३२ जना संक्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा देशभरी अहिलेसम्म कुल संक्रमितमध्ये कोरोनाकै कारण मृतकको संख्या ८३ हजार १ सय ९८ जना पुगेको छ । भारतमा कुल संक्रमितमध्ये नौ लाख १० हजार ९ हजार ९ सय ७६ जना अझै पनि अस्पतालमा उपचाररत या आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, ४० लाख २५ हजार ८० जना संक्रमणमुक्त भइसकेका छन् । सो मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने अनुपात करिब ७९ प्रतिशत रहेको छ । निको हुने यो दरलाई भारतीय अधिकारीहरूले सकारात्मक रूपमा लिएको बताएका छन् ।    

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.