यसरी आयो जनकपुरमा नेपाली रेल (फोटो फिचर)
जनकपुरधाम, असाेज २ । लामाे चर्चा पाएकाे नेपाली रेल शुक्रबार नेपालकाे जनकपुरमा आइपुगेको छ। जयनगर चल्ने दुई सेट रेल आज जनकपुर स्टेशन शुक्रबार दिउँसो जनकपुर आइपुगेको हाे ।
जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो। लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ।
रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले बताए । उनले भने, ‘रेल चल्ने कयौं मिति फेल भए । तर आज रेल आउन लागेको थाहा पाएपछि खुशी लागेको छ।’ रेल कहिलेदेखि औपचारिक रुपमा सुचारु हुने मिति तय भएको छैन।
यद्यपि दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको छ। रेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस