सिट क्षमता अनुसार उडान सेवा सञ्चालनलाई सरकारको अनुमति


काठमाडौं, असोज ३ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीस्तरीय बैठकले शुक्रबार सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको छ ।

यो सँगै अब हवाई सेवा प्रदायक कम्पनीहरुले क्षमता अनुसार नै हवाई सेवा सञ्चालन गर्न पाउने भएका छन् । यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायु सेवा सञ्चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका छैनन् ।

मन्त्रालयले नागरिक उडड्यन प्राधिकरणलाई शुक्रबार पठाएको पत्रमा सिट क्षमता तोकेको छैन । मन्त्रालयले सिट क्षमता नतोकेपछि शतप्रतिशत क्षमतामा नै सञ्चालन गर्न दिनु भन्ने बुझेको सञ्चालहरु बताउँछन् ।

व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा संचालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्चाउन माग गर्दै आएका थिए । सरकारले कोरोना महामारी सुरु भएसँगै गत चैत ११ गतेदेखि आन्तरिक उडान सेवा रोकेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode