तपाईं र अनुश्का असल अभिभावक बन्नु हुनेछः नरेन्द्र माेदी
एजेन्सी, असाेज २ । सेप्टेम्बर १७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन थियो। विहीबारदेखि उनी उमेरले ७० वर्ष लागे। जन्मदिनको उपलक्ष्यमा उनलाई आम मानिसदेखि राजनीतिज्ञ एवं कलाकारहरूले शुभकामना व्यक्त गरे। मोदीले व्यक्तिगत् ट्वीटर खातामार्फत् अधिकांशको शुभकामनामा धन्यवाद व्यक्त गरे।
भारतीय क्रिकेटर विराट कोहलीले पनि प्रधानमन्त्रीलाई शुभकामना दिए। उनले लेखेका थिए : आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना।
जवाफमा नरेन्द्र मोदीले धन्यवाद मात्र दिएनन्। विराट र बलिउड अभिनेत्री अनुश्का शर्मालाई बधाई समेत दिए। भने : मलाई थाहा छ तपाईंहरू असल अभिभावक बन्नु हुनेछ।
अगस्ट २७ मा अनुश्काले आफ्नो गर्भावस्था बारे खबर सार्वजनिक गरेकी थिइन्। अनुश्काले सन् २०२१ को जनवरीमा सन्तानलाई जन्म दिने जनाएकी छिन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस