फिफाकाे साधारणसभा आज हुँदै


एजेन्सी, असाेज २ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को साधारणसभा बैठक (कंग्रेस) आज हुँदै छ ।

फिफाले ७०औँ साधारण सभा आज गर्न लागेको हो । कोरोना भाइरसको महामारीका कारण फिफाले पहिलोपटक साधारणसभा ‘भर्चुअल’ रुपमा सञ्चालन गर्न लागेको हो ।

फिफाका सदस्य राष्ट्रका प्रतिनिधिका रुपमा रहेको नेपालबाट साधारणसभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित, उपाध्यक्ष कृष्ण थापा र रवीन्द्र जोशी सहभागी हुनेछ । साधारणसभा नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।

साधारणसभामा विभिन्‍न रिपोर्ट पेस गर्नेसहित विधान संशोधन, बजेटलगायतका एजेन्डा तय गरिएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope