एजेन्सी, असाेज ३ । ताइवानले ‘ताइवान स्ट्रेट’मा चिनियाँ जहाजको निगरानीका लागि ‘फाइटर जेट’ परिचालन गर्ने बताएको छ ।
एक अमेरिकी उच्च अधिकारी केथ क्राचको ताइवान भ्रमणका क्रममा चीनले ‘ताइवान स्ट्रेट’ क्षेत्रमा १८ वटा जहाजमार्पmत युद्ध अभ्यास गरेपछि त्यसको प्रतिकात्मक विरोध गर्दै ताइवानले ‘फाइटर जेट’ परिचालन गर्ने जनाएको हो ।
बेइजिङ र वाशिङ्टनबीचको सम्बन्धमा तनाव सिर्जना भएका बेला अमेरिकी अधिकारी क्राचको ताइवान भ्रमण हुन लागेको हो । यही समयमा चीनले भने ‘प्रत्यक्ष आक्रमण कला’ प्रश्तुत गरेको छ । दशकौंपछि पहिलो पटक अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीको ताइवान भ्रमण हुन लागेको हो ।
यसैबीच चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता रेन गुवाचिङले अमेरिका र ताइवानले सामूहिक तवरमा कदम चाल्दै बारम्बार समस्या सिर्जना गरिरहेको आरोप लगाएका छन् । यद्दपि, उनले अमेरिकी अधिकारीको भ्रमणका विषयमा भने कही उल्लेख गरेका छैनन् ।
प्रवक्ता रेनले सैन्य अभ्यासका बारेमा भने केही खुलाएका छैनन् । उनले चिनियाँ जनसेनाले अनिवार्य रुपमा चीनको स्वायत्तताको रक्षाका लागि वैधानिक रुपमा सैन्य अभ्यास गर्ने गरेको जिकिर पनि गरेका छन् । अमेरिकी विशेष प्रतिनिधि क्राच शनिबार पूर्व राष्ट्रपति लि तेङ हुइको स्मृति सभाका उपस्थित हुन विहिबार नै ताइवान आइसकेका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com