टोटेनहमको जितमा सनको चार गोल


एजेन्सी, असाेज ४ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पहिलो जित दर्ता गरेको छ ।

आइतबार साँझ भएको खेलमा साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले पराजित गर्दै टोटेनहमले पहिलो जित निकालेको हो ।

साउथह्यामटनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर टोटेनहमले सानदार जित निकालेको हो ।

टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले ह्याट्रिकसहित चार गोल गरे । ह्यारी केनले एक गोल थपे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले दुई गोल गरे ।

तेस्रो मिनेटमा ह्यारी केनले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट अफसाइड देखिदा केनको गोलले मान्यता पाएन ।

३२ औं मिनेटमा ड्यानीले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए । ४५ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।

४७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहम २-१ ले अघि रह्यो ।

६४ औं मिनेटमा सनले ह्याट्रिक पुरा गर्दै टोलीलाई ३-१ को अग्रता दिलाए । प्रिमियर लिगमा सनको यो पहिलो ह्याट्रिक हो ।

खेलको ७३ औं मिनेटमा सनले चौंथो गोल गर्दै टोटेनहमलाई ४-१ को अग्रता दिलाए ।

खेलको ८२ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई ५-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा ड्यानीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपनि साउथह्याम्पटन ५-२ ले पराजित भयो ।

जितसँगै टोटेनहमले २ खेलमा ३ अंक जोडेको छ । टोटेनहम तालिकाको पाँचौ स्थानमा रहेको छ ।

पहिलो खेलमा टोटेनहम एभर्टनसँग १-० ले पराजित भएको थियो ।

साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा साउथह्याम्पटन क्रिस्टल प्यालेससँग १-० ले पराजित भएको थियो ।

साउथह्याम्पटन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Image


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope