स्थानीय युवाकाे पहलमा चम्पादेवी डाँडा जाने पर्यटकलाई निःशुल्क इन्टरनेट


काठमाडौं, असोज ४ । दक्षिणकाली नगरपालिकाका युवाहरुले संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी पर्यटकीय क्षेत्र चम्पादेवी डाँडा जाने आधार क्षेत्रमा फ्रि वाई-फाई सेवा सुरु गरेका छन् ।

नगरपालिकाकाे वडा नं ४ स्थित बाँसबारी हुँदै चम्पादेवी डाँडामा जाने पदमार्गको प्रवेशद्वार क्षेत्रमा स्थानीय युवाहरुको पहलमा फ्रि वाई फाई सेवा सुरु गरिएको हो ।

कोरोना संक्रमणका कारण उपत्यकामा भएको लामो लड डाउन र निषेधाज्ञा अन्त्य भएसँगै उक्त पदमार्ग हुँदै चम्पादेवी पाउ, हात्तिवन रिसोर्ट साथै चम्पादेवी डाँडा जाने आन्तरिक पर्यटकहरुको चहलपहल बाक्लिएको छ ।

“फ्रि वाई-फाई सेवाले सोही क्षेत्रका स्थानीय लाभान्वित हुने त छन् नै ।”, कार्यक्रम संयोजक तथा सामाजिक अभियान्ता अमृत तामाङले भन्नुभयो, “सो पदमार्ग हुँदै चम्पादेवी डाँडा जाने यात्रु, विहान र बेलुका सो बाटो प्रयोग गर्ने सबैले इन्टरनेट सुविधा प्रयोग गर्न पाउने विश्वास लिएका छौं ।”

कार्यक्रमका सभापति तथा वडा नं ४ बाट निर्वाचित नगर सदस्य रेक्सन तामाङले युवाहरुले निःशुल्क इन्टरनेट सुविधा र खेलकुद अभ्यास सञ्चालन र विकास निर्माणमा चालेका कदमले समाजमा नमुना प्रस्तुत गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा वडा, नगरपालिका र अन्य निकायबाट हुन सुक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य गुञ्जमान बस्नेतले बाँसबारीलाई पर्यटकीयस्थलको रुपमा विकास गरेर रोजगारीको अवसर सिजर्ना गर्न कठिन नरहेको बताउनुभयो । तर एक जनाको प्रयासले नभई सबैजना एकिकृत भएर विकासको अभियानमा सरिक हुनुपर्ने उहाँको धारणा छ ।

कार्यक्रममा उपस्थित विभिन्न संस्थाका प्रतिनिधिहरुले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरुले थालेको प्रयासको प्रशंसा गरेका थिए । समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा अवस्थित चम्पादेवी धार्मिक, सांस्कृतिक पर्यटनको उपयुक्त गन्तव्य मानिन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope