अपाङ दम्पतीलाई जीसीएसको सहयोग


काठमाडौं, असोज ५ । नेपाल तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् ।

उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, नुन, तेल, दाल र चिनी समान २–२ केजी, सिलिन्डरसहितको ग्यास सोमबार हस्तान्तरण गरे । थलीस्थित अपाङ दम्पती बस्ने डेरामा पुगी अध्यक्ष खड्काले सामाग्री हस्तान्तरण गरेका थिए । कागेश्वरी मनोहरा नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा राहत दिइएको थियो ।

अध्यक्ष खड्काले केहि दिनअघि व्यक्तिगत १२ हजार रुपैयाँ खर्चमा आलापोटस्थित अमरनाथ मन्दिरको सरसफाइका साथै रंगरोगन पनि गरिदिएका छन् ।

कोरोना भाइरसका कारण पहिले गरिएको लकडाउन र पछिको निशेधाज्ञाका कारण समास्यमा परेका विभिन्न व्यक्ति र परिवारलाई गरी जम्मा ४ सय १० परिवारलाई राहत वितरण गरिसकेको अध्यक्ष खड्काले जनाएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode