एजेन्सी, भदाै ५ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोर आफ्नो पहिलो खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
जसका लागि पहिलो खेलमा हैदराबाद बैंगलोरलाई पराजित गर्न चाहन्छ ।
तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध हैदराबादलाई जित निकाल्न कठिन हुनेछ ।
किनकि बैंगलोर पनि हैदराबादलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्न चाहन्छ ।
अघिल्लो संस्करणको नतिजा हेर्दा दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।
अघिल्लो संकरणमा दुई टिमबीच दुई भेट भएको थियो । जसमा दुबै टिमले एक एक जित निकालेका थिए ।
पहिलो भेटमा हैदराबादले बैंगलोरलाई १ सय १८ रनले हराएको थियो । तर, दोस्रो भेटमा बैंगलोरले हैदराबादलाई ४ विकेटले हराएको थियो ।
यस संस्करणमा दुबै टिमलाई उपाधिको दाबेदार मानिएको छ । दुबै टिमलाई नाम चलेको खेलाडीको साथ रहेको छ ।
वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादसँग राशिद खान, भुवनेश्वर कुमार, जोनी बेयर्सटो, मनिस पाण्डे, विजय शंकर, मोहमद नाबी जस्ता खेलाडी रहेका छन् ।
यता, बैंगलोरमा कोहलीसँगै आरोन फिन्च, मोइन अली, आरोन फिन्च, एबी डी भिलियर्स, क्रिस मोरिस, युजभेन्द्र चाहल, उमेश यादब, वासिङ्गटन सुन्दर जस्ता खेलाडी रहेका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com