राजस्व छल्ने तीन उद्योगविरुद्ध मुद्दा दायर, साढे २५ करोड रुपैयाँ जरिबाना माग


काठमानण्डाैं, असाेज ५ । झूटा तथा नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको आरोपमा तीन वटा उद्योगविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

नक्कली भ्याट बिलमार्फत राजस्व छलेको आरोपमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ को प्लान सप्लायर्स/बिग प्लान ब्याग उद्योग, भक्तपुरको एपी ट्रेडर्स सप्लायर्स र बनेपाको सम्मानित ट्रेड कन्सर्नका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले २५ करोड ५७ लाख ९७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।

बिग प्लान सप्लायर्सले दुई करोड ६ लाख भ्याट र आयकरतर्फ चार करोड ९० लाख रुपैयाँ कर छलेको आरोप लागेको छ ।

यस्तै एपी ट्रेडर्सले भ्याटतर्फ तीन करोड ७१ लाख, आयकरतर्फ आठ करोड ९८ लाख रुपैयाँ र सम्मानित ट्रेड कन्सर्नले भ्याटतर्फ एक करोड ७७ लाख र आयकरतर्फ चार करोड १२ लाख राजस्व छलेको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope