काठमाण्डौ, असाेज ५ । वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासले पाउने भएको छ ।
मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार महारानी उपन्यासको लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो ।

यस्तै, गुठीले जगदम्बाश्री पुरस्कार नेपाली संगीतमा योगदान पुर्याएबापत शान्ति ठटाललाई दिने पनि निर्णय गरेको छ ।
गत ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीत संगीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्याएकाले ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको छ । यो पुरस्कार पनि ४ लाख राशीकै हो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com