२०७६ को मदन पुरस्कार ‘महारानी’लाई, शान्ति ठटाललाई जगदम्बाश्री

५ आश्विन २०७७, सोमबार ०६:३२

काठमाण्डौ, असाेज ५ । वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासले पाउने भएको छ ।

मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार महारानी उपन्यासको लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो ।

यस्तै, गुठीले जगदम्बाश्री पुरस्कार नेपाली संगीतमा योगदान पुर्‍याएबापत शान्ति ठटाललाई दिने पनि निर्णय गरेको छ ।

गत ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीत संगीत क्षेत्रको उन्‍नयनमा विशिष्ट योगदान पुर्‍याएकाले ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको छ । यो पुरस्कार पनि ४ लाख राशीकै हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.