जोकोभिचलाई इटालियन ओपनको उपाधि

६ आश्विन २०७७, मंगलवार ०५:४७

एजेन्सी, असाेज ६ । विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।

रोममा सोमबार राति भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् ।

सर्बियन जोकोभिचले डिएगोमाथि ७-५ र ६-३ को सेटमा जित निकाले । यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जित्न सफल भएका छन् ।

यस्तै ३३ वर्षीय जोकोभिचले सर्वाधिक धेरै मास्टर्स उपाधि जित्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । इटालियन ओपन जोकोभिचको ३६ औं मास्टर्स उपाधि हो । उनले राफायल नाडालको कीर्तिमान भङ्ग गरेका हुन्।

नाडालले ३५ मास्टर्स उपाधि जितेका छन् । महिलातर्फको उपाधि रोमानियाकी सिमोना हालेपले जितेकी छिन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.