काठमाडौं , असाेज ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको ६८औं बैठक सम्पन्न भएको छ ।
आज संवैधानिक निकायहरूको पूर्णताका लागि नेताहरूले आ-आफ्ना महत्त्वपूर्ण सुझाव दिएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
पार्टी एकता र एकीकरणका बाँकी कामहरूको बारेमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलले १० दिनभित्र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय भएको छ ।
दुई दिनअघि बैठकमा मन्त्रिपरिषदको पुनर्गठन गर्ने सम्बन्धमा बैठकमा आ-आफ्ना सुझावहरू दिइएको थियो ।
बैठकमा दुवै अध्यक्ष ओली र दाहाल पूरै समय बसेको पनि प्रचार विभागका उपप्रमुख थापाले जनाए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com