काठमाडाैं,असाेज ६ । अनसनकै क्रममा काठमाण्डाै आउनुभएका डाक्टर गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । नेपालगञ्जबाट काठमाण्डाै आउनुभएका उहाँलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै ट्रमा सेन्टर लगिएको केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।
शिक्षण अस्पताल महाराजगञ्ज जान लाग्नुभएका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको सुवेदीले बताउनुभयो ।
शिक्षण अस्पताल र वीर अस्पताललाई कोडिभ अस्पताल बनाइएकाले डाक्टर केसीलाई ट्रमा सेन्टर लगिएको प्रहरीको प्रतिक्रिया छ ।
गएको भदौ २९ गते जुम्लामा अनसन सुरु गर्नुभएका केसी साेमबार नेपालगञ्ज आउनुभएको थियो । जहाज नपाएपछि साेमबार उतै रोकिनुभएका उहाँ मङ्गलबार काठमाण्डौ आउनुभएको हो । उहाँले अनसनलाई निरन्तरता दिने बताउनुभएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com