राेल्पाबाट काठमाडाैं ल्याइएका केसीलाइ ट्रमा सेन्टरमा राखियाे

६ आश्विन २०७७, मंगलवार १६:०४

काठमाडाैं,असाेज ६ । अनसनकै क्रममा काठमाण्डाै आउनुभएका डाक्टर गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । नेपालगञ्जबाट काठमाण्डाै आउनुभएका उहाँलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै ट्रमा सेन्टर लगिएको केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।

शिक्षण अस्पताल महाराजगञ्ज जान लाग्नुभएका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको सुवेदीले बताउनुभयो ।

शिक्षण अस्पताल र वीर अस्पताललाई कोडिभ अस्पताल बनाइएकाले डाक्टर केसीलाई ट्रमा सेन्टर लगिएको प्रहरीको प्रतिक्रिया छ ।

गएको भदौ २९ गते जुम्लामा अनसन सुरु गर्नुभएका केसी साेमबार नेपालगञ्ज आउनुभएको थियो । जहाज नपाएपछि साेमबार उतै रोकिनुभएका उहाँ मङ्गलबार काठमाण्डौ आउनुभएको हो । उहाँले अनसनलाई निरन्तरता दिने बताउनुभएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.