काठमाडौं, असाेज ६ । आइतबार सामान्य अंकले सुधार आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसयता लगातार दोस्रो दिन घटेको छ। हिजो सोमबार सोमबार ६ अंकले घटेको सेयर बजार आज २२.९१ अंकले घटेको छ।

कारोबार भएका १२ समूहमध्ये सबै समूहमा गिरावट आउँदा नेप्सेमा दोहोरो अंकको पहिरो गएको हो। कारोबार सुरु भएदेखि नै ओरालो लाग्न थालेको बजार १ हजार ५४६ अंकमा आएर रोकियो।

बजार परिसूचक ठूलो अंकले घटेपनि २ अर्ब ८१ करोड रुपैया बराबरको ७८ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ।

साताको तेस्रो दिन आज नेप्सेमा कारोबार भएका १२ वटै समूह घटेको छ। त्यसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ११२ अंकले घटेको छ।

यस्तै, जीवन बीमा समूह १०९, उत्पादनमूलक समूह ३५ तथा बैंक समूह २२ अंकले घटेको छ।

सेयर बजारमा गिरावट आएपनि युनाइटेड फाइनान्सको सेयर मूल्य भने बढेको छ। सोमबार पनि बढेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५ रुपैयाँले बढेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.