गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल बनाउन मन्त्री भट्टराईले मागे सुझाव (फाेटाेसहित)


काठमाडौं, असाेज ६ । निर्माणको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवन बनाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले सुझाव मागेका छन् ।

दोस्रो टर्मिनल भवनका लागि विभिन्न डिजाइनसहित मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव माग गरेका हुन् । मन्त्री भट्टराईले लेखेका छन्, ‘गौतम् बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवामा दोश्रो टर्मीनल भवनको निर्माणको तयारी शुरु भएको छ । टर्मीनलका बिभिन्न डिजाइनमा यहाँहरुको सुझाबका अपेक्षा गरिएको छ ।’

मन्त्री भट्टराईलाई सुझाव दिँदै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘अब बन्ने टर्मिनल भवन अन्तर्राष्ट्रिय स्तरको विजनेश सेन्टर सहितको हुनु पर्दछ । बाहिरी स्वरुप हेर्दा नमस्ते आकार सुन्दर देखिन्छ ।’


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope