नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो, २ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, असाेज ६ ।  पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। 

आज ८२३ जना निको भएका छन्। हालसम्म ४८ हजार ०६१ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। 

नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेकाे मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु भएको संख्या ४२९ पुगेको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५० वर्षिय पुरुष र काभे्रपलाञ्चोकका ५० वर्षिय महिलाको मृत्यु भएको जानकारी दिए।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६ संक्रमित भेटिएका छन्। योसँगै संक्रमितको सख्या ६६ हजार ६३२  पुगेको छ। 
देशभर ८२३ जना संक्रमणमुक्त भएपछि संक्रमणमुक्त  हुनेको सख्या ४८ हजार ६१ जना पुगेको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope