काठमाडौं, असाेज ७ । प्रभु बैंकको डिबेन्चर २०८४ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको छ। प्रभु बैंकले गत साउनमा ‘प्रभु बैंकको डिबेन्चर २०८४’ बिक्री गरेको थियो।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा बिक्री गरेको थियो। बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८४’ जारी गरेको थियो।

नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै असोज ८ गतेबाट कारोबार गर्न सकिने नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

बैंकले कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो।

बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको थियो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.