काठमाडाैं, असाेज ७ । वीर अस्पतालमा सुन्धारा कारागारका एक कैदीको मृत्यु भएको घटना विवादित बनेको छ । शनिबार वीर अस्पतालमा मृत्यु भएका रामलखन जैसवालको परिवारले हत्या भएको भन्दै पोस्टमार्टमको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
रून्देही सिद्धार्थ नगरपालिका- ५ का जैसवाल कर्तव्य ज्यान मुद्दामा आठ वर्षदेखि सुन्धारा कारागारमा कैद सजाय भोगिरहेका थिए । उनलाई शनिबार श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले वीर अस्पताल पुर्याएका थियो । उनको त्यहाँ नै उपचारका क्रममा मृत्यु भएको थियो ।
तर, परिवारले भने जैसवालको हत्या भएको दाबी गर्दै प्रदर्शनमा उत्रिएपछि वीर अस्पतालले घटनाको प्रष्टीकरण दिएको छ । अस्पतालले हत्या नभई मृतकको शव तीन दिनदेखि शवगृहमा रहेकाले सड्न गल्ने प्रक्रिया सुरु भएको र शवमा फोका रहेको सुन्निएको, मुख र नाकबाट तरल पदार्थ निस्किएको अवस्था रहेको प्रष्ट पारेको छ ।
अस्पालका निर्देशक केदार सेन्चुरीले जारी गरेको विज्ञप्तिमा मेडिकलको अवस्थालाई नबुझी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएकोजस्ता भ्रमक समाचारमा सत्यता नभएको उल्लेख गरिएको छ । तर, मंगलबार परिवारले वीर अस्पताल पुगेर शव हेर्दा शंका लागेपछि घटनाको छानबिन हुनुपर्ने माग गरेका थिए ।
जैसवाल दीर्घरोगी भएको र वीर अस्पतालमा उनको स्वाभाविक मृत्यु भएको जानकारी दिएको सुन्धारा कारागारका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले बताउँछन् ।मृत्युपछि उनको कोभिड- १९ परीक्षण पोजिटिभ देखिएको थियो । मृत्यु भएपछि कोरोना परीक्षण भएकाले मृत्युलगत्तै उनको परिवारलाई नबुझाएको र आज कोरोना रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ ।

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com