मुम्बइकाे पहिलाे जित, काेलकाेत्ता पराजित
काठमाडौं, असाेज ८ । कप्तान रोहित शर्माको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ।
अबुधावीस्थित शेख जाइद रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईका लागि ओपनिङमा आएका कप्तान शर्माले ५४ बलमा ३ चौका र ६ छक्कासहित ८० रन जोडेका थिए। त्यस्तै २८ बलमा ६ चौका र १ छक्कासहित ४७ रन बनाएका सूर्यकुमार यादव ३ रनले अर्धशतक बनाउनबाट चुके।
कोलकाताका लागि किफायती बलिङ गरेका शिवम माभीले ४ ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए।
१९६ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका लागि प्याट कमिन्सले ३३, कप्तान दिनेश कार्तिकले ३० र नितिश रानाले २४ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्।
फलस्वरुप निर्धारित २० ओभरमा १४६ रन मात्र बनाउँदा हारसँगै नयाँ सिजनको सुरुआत गर्नुपर्यो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस