काठमाडौं, असाेज ९ । एसिड छ्यापेर अर्को व्यक्तिलाई क्षति पुर्याउने आपराधिक मानसिकतालाई नियन्त्रण गर्न सरकारले कडा सजायँ व्यवस्थासहितको अध्यादेश ल्याएको छ ।
मन्त्रिपरिषद्ले जारी गरेको अध्यादेशअनुसार एसिड छ्यापेर कसैको मृत्यु भएमा एसिड छ्याप्ने व्यक्तिलाई जन्मकैद हुनेछ । यस्तै, कसैले एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ ।
एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै मन्त्रिपरिषद्ले २० वर्षसम्म कैद र १० लाख क्षतिपूर्ति भराउने गरी अध्यादेश पारित गरेको हो । एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद हुनेछ ।
अब एसिड आक्रमणबाट भाइते घाइते बनाए, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए आक्रमणकारीलाई २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराइनेछ ।
सरकारले ल्याएको अध्यादेश शुक्रबार नै राष्ट्रपतिबाट जारी भै राजपत्रमा प्रकाशित हुने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुङ्बाहाम्फेले बताएकी छिन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com