चितवन, असाेज ९ । नारायणी नदीमा पानीको बहाब उच्च हुँदा गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचक भन्दामाथि पुगेको छ ।
बिहीबार दिउँसो ३ लाख १० हजार क्युसेक पानीको सतह पुगेको ब्यारेजमा अहिले ४ लाख १० हजार क्युसेक पानीको बहाब छ । गण्डक ब्यारेजमा पानीको बहाब उच्च भएकाले ब्यारेज खतराको लेबलमा पुगेकाे छ ।
ब्यारेजले चालू वर्षमा चार लाख ४३ हजार सम्म पानीको बहाब बहन गरेको कारण खतराको लेबलमा नपुगेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकरी दिए ।
उनले तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
नारायणी नदीमा आएको बाढीका कारण जिल्लाको प्रातापपुर पाल्हिनन्दन सुस्ता क्षेत्र बाढीको उच्च जोखिममा छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com