एजेन्सी, असाेज ९ । प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले काराबाओ कप फुटबलमा बिहीबार राति बर्नमाउथमाथि २–१ को जित निकालेको छ ।
सिटीका लागि लिअम डेलेप र फिल फोडेनले एक एक गोल गरे । बर्नमाउथका लागि साम सुरेड्जले एक गोल फर्काए । खेलको १८ औं मिनेटमा डेलेपले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।
तर, त्यसको चार मिनेट नबित्दै बर्नमाउथका स्ट्राइकर सामले गोल गदै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए । दोस्रो हाफमा भने दुबै टोलीले गोलका लागि निकै नै संघर्ष गरे । तर, दोस्रो हाफमा बर्नमाउथले गोल गर्न भने सकेन् । खेलको ७५ औं मिनेटमा सिटीले गोल गर्दै पुनः खेलमा अग्रता लियो ।
सिटीका लागि फोडेनले गोल गर्दै २–१ को संघर्षपूर्ण जित दिलाएका हुन् । जितसँगै सिटी काराबाओ कपको अर्को चरणमा प्रवेश गरेको छ । बर्नमाउथ भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com