चीनले सन् २०२० भित्रै कोभिड- १९ खोपको ६१ करोड मात्रा उत्पादन गर्ने


एजेन्सी, असाेज ९ । कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीले शुक्रबार गरेका छन् ।

विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार ओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ ।

विश्वभरका वैज्ञानिकहरूले घातक सङ्क्रमण विरोधी अभियानलाई अघि बढाउने क्रममा विश्वभर दर्जनौँ खोपहरूको परीक्षणले महामारीबाट मुक्ति पाउने आशासहित विश्वले पर्खिरहेको छ । विश्वव्यापी महामारी निम्त्याएको कोभिड–१९ सङ्क्रमितमध्ये करीव १० लाख मानिसको मृत्यु भइसकेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, ‘चीनले यस वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड  मात्रा उत्पादन गर्ने विश्वास राखेको छ । खोपको उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को बर्षसम्म कम्तीमा एक अरब डोजमा पुग्नेछ ।’

विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले भने, ‘चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको छ ।’

‘अहिले चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा रहेको छ,’ वुले थपे, ‘हामीले क्लिनिकल परीक्षणका क्रममा खोपको सुरक्षालाई अति राम्रो अवस्थामा पाएका छौँ । परीक्षणमा रहेका खोपबाट कुनै प्रतिकूल प्रतिक्रिया देखेका छैनौँ ।’

चीनले गत जुलाईदेखि कन्दरगाह, अस्पताल तथा अति जोखिम रहेका सयौँ हजार व्यक्ति (स्वयम्सेवक) मा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दावी चीनको छ ।

‘अहिलेसम्म कोविड आपतकालिन खोप कार्यक्रममा सबै सहभागीमा गम्भीर प्रतिकूल प्रतिक्रिया देखाएको छैन,’ चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले उक्त अवसरमा भने । उनले खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता भने दिन अझै केही समय लाग्ने बताए । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने उनले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope