बार्सिलोनाको बिदाइमा भावुक भए सुआरेज (भिडियाे)


एजेन्सी, असाेज ९ । स्पेनिस क्लब बार्सिलोनाले फरवार्ड लुइस सुआरेजलाई बिदाइ गरेको छ ।

बार्सिलोनाले बिहीबार प्रतिद्वन्दी क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका सुआरेजलाई बिदाइ गरेको हो ।

Video Source: The Guardian

बार्सिलोनाले एक पत्रकार सम्मेलनको आयोजना गर्दै उरुग्वेका फरवार्ड सुआरेजलाई बिदाइ गरेको हो ।

बिदाइमा सुआरेज निकै भावुक बनेका थिए । उनले बार्सिलोनामा ६ वर्ष रहदा आफु पूर्ण सन्तुष्ट भएको गर्वका साथ क्लब छाड्न लागेको बताए ।

क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष बिताएर सुआरेज एट्लेटिको आएका हुन् ।

सुआरेजले एट्लेटिकोसँग २ वर्षको सम्झौता गरेका छन् ।

एट्लेटिकोले ६ मिलियन युरो खर्चिएर ३३ वर्षीय सुआरेजलाई क्लब भित्र्याएको हो ।

इटालियन क्लब युभेन्ट्ससँग अनुबन्धको नजिक पुगेका सुआरेजले ला लिगा क्लबमै अनुबन्धित भएका हुन् ।

नागरिकताको समस्याको कारण सुआरेज इटाली जान असमर्थ भएका हुन् ।

सुआरेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए ।

बार्सिलोनाका लागि सुआरेजले २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका छन् । यस्तै १ सय ९ असिस्ट गरेका थिए ।

सुआरेज बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी हुन् ।

सुआरेज बार्सिलोनामा रहदा चार पटक ला लिगा, चार कोपा डेल रे, एक यूईएफए सुपर कप, दुई सुपर कोपा, एक च्याम्पियन्स लिग र एक क्लब विश्वकप जितेका छन् ।

Image

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope