ओली-प्रचण्ड भेटवार्ता, नेम्वाङ भन्छन् : मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैछ


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे आइतवार छलफल भएको छ।

बिहान ९ बजेबाट करिब ३ घण्टा मन्त्रिपरिषद् पुनर्गठनबारेमा दुई नेताबीच बालुवाटारमा छलफल भएको हो।  प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले अन्तिम चरणमा मन्त्रीहरुको नामावली तयार गर्ने क्रममा पुगिसकेको स्रोतले बतायो। ‘उहाँहरूबीच छलफल भइरहेको छ। कसलाई ल्याउने कसरी गर्ने भन्‍ने बिषयमा छलफल भइरहेको छ। उहाँहरु बीचको सहमति अन्तिम चरणमा पुगिसकेको छ आज भोलि नै हुन पनि सक्छ’, स्रोतले भन्यो।

असोज ४ गतेको सचिवालय बैठकबाट औपचारिक रुपमा प्रवेश पाएको मन्त्रिपरिषद् हेरफेरको बिषयमा टुंगोमा पुर्‍याउन बैठकले अध्यक्षद्वयलाई जिम्मा दिइएको थियो। त्यही निर्णयअनुरुप उनीहरु बिहीबारदेखि निरन्तर छलफलमा जुटेका छन्।  मन्त्री फेरिने भएपछि नेकपाभित्र आकां‌क्षी समेत बढिरहेका छन्। अहिले सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्रालय र शहरी विकास मन्त्रालय खाली छन्। दुई मन्त्रालय प्रधानमन्त्री ओली आफैंले लिएका छन्। सहरी विकास मन्त्रालयको जिम्मेवारी यातायात मन्त्री वसन्त नेम्वाङले सम्हालेका छन्।

तत्कालै पुनर्गठन

  प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम चरणमा पुगेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताउँछन्।

‘उहाँहरूबीच केही दिन यताबाट निरन्तर छलफल भइरहेको छ। मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा अन्तिम चरणको छलफलमा हुनुहुन्छ’, उनले भने।  मन्त्रिपरिषद् पुनर्गठनको बिषय अब धेरै परसम्म नजाने उनले बताए। ‘छलफल चलिरहेको छ। अब तत्कालै मन्त्रिपरिषद्को पुनर्गठन हुन्छ। धेरै परसम्म धकेलिँदैन,’ उनले भने।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode