कडाईगर्दै बर्दिया प्रशासन, ४ जना भन्दा बढी सङ्गै हिँड्न प्रतिबन्ध


बर्दिया, असाेज ११ । प्रदेश नम्बर ५ को पश्चिम सिमाना बर्दियामा कोरोना संक्रमणको दर तिव्र हुँदै गएपछि बर्दियामा सवारी साधन,उद्योग व्यवसाय तथा पसल सञ्चालनमा कडाई गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको वैठकले असोज १३ गते देखि सवारी साधन र व्यवसायी सञ्चालनमा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लागु गर्ने, उद्योग व्यवसाय र पसल विहान १० बजेदेखि ५ बजेसम्म मात्र सञ्चालन गर्ने र ४ जनाभन्दा बढीको समूहमा हिड्न निषेध गर्ने निर्णय गरेको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले दिन प्रतिदिन जिल्लामा संक्रमितको संख्या तथा मृत्यु हुनेको संख्या बढिरहेकोले जोखिम कम गर्नकालागि केही कडाई गरीएको जानकारी दिए ।

जिल्लाका केही स्थानीयतहहरुले विद्यालय सञ्चालनको तयारी गरिरहेका बेला विद्यालय सञ्चालन गर्दा झन् संक्रमण बढ्न सक्ने भन्दै विद्यालय सञ्चालनमा समेत रोक लगाईएको छ । हालको अवस्था अनुसार संक्रमणको जोखिम उच्च देखिएको हुँदा विद्यालय सञ्चालन नगर्न शिक्षा विकास समन्वय इकाई र स्थानीयतहलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

बर्दियामा हालसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भईसकेको छ । जिल्लामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४५८ जना निको भएर घर फर्केका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope