एजेन्सी, असाेज ११ । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो ।
शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए ।
नितिस रानाले २६ रन जोड्दा कप्तान दिनेश कार्तिक र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए ।
हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा जोनी बेयर्स्टो ५ रनमा आउट भए ।
रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए ।
कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए ।
जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो ।
हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com