काठमाडौं, असाेज १२ । हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुनेछ भने बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुनेछ भने बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.