काठमाडौं, असाेज १२ । कोरोना भाइरसका संक्रमित देशभर बढ्दै गर्दा काठमाडौं उपत्यकामा भने थेगिनसक्नु गरी संक्रमित बढिरहेका छन् ।
सोमबार उपत्यकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उपत्यकामा पछिल्लो २४ घण्टामा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यकर्मी, चिकित्सक, बैंकका कर्मचारीहरुमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन ।
मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ६४९ जना नयाँ संक्रमित थपिएका छन् । यसपछि ललितपुरमा १३२ जना संक्रमित थपिएका छन् । ललितपुरका लागि यो अहिलेसम्मकै उच्च संक्रमण हो । यसैगरी भक्तपुरमा भने ३६ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।
आइतबार काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएको थियो।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com