डा. केसीको जीवन रक्षा गर्न नागरिकहरुको सरकारसँग अपील


काठमाडौं, असोज १२ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि निरन्तर अभियानरत अभियन्ता प्रा.डा. गोविन्द केसी विगत १४ दिनदेखि सत्याग्रहमा हुनुहुन्छ । भदौं २९ मा जुम्लाबाट १९ औं अनशन थाल्नु भएका डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो छ ।

परीक्षणमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको शरीर कमजोर भएको छ र कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ हामी सरकारको ध्यानाकर्षण गराउँदछौं ।

पूर्व प्रधान न्यायाधिस कल्याण श्रेष्ठ, शुशिला कार्की, पूर्व सभामुख तथा मानवअधिकारकर्मी दमननाथ ढुंगाना, मानव अधिकारकर्मी कपिल श्रेष्ठ, पूर्व उपकुलपति त्रिवन विश्व विद्यालयका प्रा.डा.केदारभक्त माथेमा लगायत ३ दर्जन भन्दा बढी विभिन्न संघसंस्थाको नेतृत्व गर्दै आउँनुभएका बौद्धिक व्यक्तित्वहरुले सामूहिक रुपमा आईतबार जारी गरेको विज्ञप्तीमा ध्यानाकर्षण गराईएको हो । उक्त ध्यानाकर्ष अपीलकर्ताहरुका तर्फबाट, प्रजातान्त्रिक विचार समाज एवं नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष,डा. केदारनरसिंह केसीले हस्पताक्षर गर्नुभएको छ ।

नेपालको चिकित्सा शिक्षा क्षेत्रमा आम जनताको पहुँच हुनु पर्दछ । सर्वसुलभ स्वास्थ्य व्यवस्था मिलाउनु राज्यको कर्तव्य हो भन्दै उहाँ यसअघि १८ पटक अनशन बसिसक्नु भएको छ । सरकारले पनि उहाँको अनशन तोडाउने क्रममा अनेकन पटक सम्झौंताहरु गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएको अवधिमा मात्र उहाँ ५ पटक आमरण अनसन बस्न बाध्य भैसक्नुभयो ।

विभिन्न सरकारका समयमा पटक पटक गरिएका ति सम्झौंताको पूर्ण कार्यान्वयन नगरिँदा फेरि अनशन जस्तो कठोर बाटो अपनाउन बाध्य भएको डा. केसीले बताउँदै आउनु भएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode